काठमाडौं । रबी खड्का शीर्ष स्थानमा रहदै सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बिहिबार एक ओभर ७१ स्कोर जोड्दै कुल तीन अन्डर १३७ स्कोर कार्डसहित रबी फाइनल चरणमा पुगेका हुन् ।
दोस्रो स्थानमा रहेका नेपालको नम्बर एक गल्फर शिवराम श्रेष्ठले दुई अन्डर ७२ स्कोरसहित कुल दुई अन्डर १३८ स्कोर बनाएका छन् । एमेच्योर शुक्र बहादुर राईले एक अन्डर ६९ स्कोरसहित कुल एक अन्डर १३९ स्कोर कार्ड बनाए ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७७ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।