काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधिका लागि वडा नं १३ र वडा नं १४ बीच प्रतिस्पर्धा हुने भएको छ ।
लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा खेलमा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हरायो । सो खेलमा आरोन खड्काले निर्णायक गोल गरे । आरोननै म्यान अफ दि म्याच घोषित भए ।
अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले पराजित गर्यो । सो खेलमा दुवै गोल वडा १३ का आसिस कपालीले गरे । आसिस नै म्यान अफ दि म्याच चुनिए ।
फाइनल खेल बुधबार बिहान १० बजे हुनेछ ।
नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ ।
विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।