काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगितामा पहिलो दिन नेपालको नम्बर एक गल्फर शिवराम श्रेष्ठ र रबी खड्काले संयुक्त रुपमा अग्रता बनाएका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बुधबार शिवराम र रबीले संयुक्त ४ अन्डर ६६ स्कोर बनाए । संजय लामा र शुक्र बहादुर राईले इभन पार ७० अंक जोडे । यस्तै भुवन नगरकोटी, विकास अधिकारी, शिव कुमार माझी र थाम बहादुर राईले एक ओभर ७१ स्कोर जोडे ।
प्रतियोगितामा ३४ प्रोफेसनल र स्थानीय खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७७ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।