काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारबाट धरानमा सुरु हुने भएको छ ।
निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुने प्रतियोगितामा ३४ प्रोफेसनल र स्थानीय खेलाडीहरुको सहभागिता रहने छ । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगिताका लागि प्रोफेसनल खेलाडी तथा एमेच्योर खेलाडीहरु धरान आईसकेको आयोजकले जनाएको छ ।
विजेताले १ लाख २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७७ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् ।त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।