आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कपअन फुटबलको क्वाटरफाइनल समीकरण पूरा

बिहिबार, २५ श्रावण २०८०खेलपाटी संवाददाता
कपअन फुटबलको क्वाटरफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

काठमाडौं । ‘एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता’ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बुढानिलकण्ठ नगरपालिका १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा भइरहेको प्रतियोगिताको दोस्रो दिन सम्पन्न लिग चरणमा सफलता हासिल गर्दै आ–आफ्ना समूहमा शीर्षस्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वाटरफाइनल प्रवेश गरेका हुन् । 

पहिलो दिननै समूह ‘सी’ बाट चेल्सी र समूह ‘डी’ बाट रिब्स ए टिम रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुलले अन्तिम आठको यात्रा निश्चित गरेका थिए ।

जोसेफले बालविकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० ले पराजित गर्दै समूह ‘ए’ मा शीर्षस्थान हात पारेर नकआउट चरणको यात्रा तय गरेको हो ।

समूह ‘बी’ को शीर्षस्थानमा रहेको लिभिङ वर्डले लिम्पियालाई २–० र इम्पेरियललाई ३–० ले परािजत गर्‍यो भने साम्तेन स्कुलबाट ‘बाई’ पाएको थियो ।

माउन्ट ग्लोरीले एकलव्यलाई ५–०, हाईली क्रिएटिभलाई २–० ले पराजित गरेपछि लर्ड्स लाइटबाट बाई पाएर समूह ‘ई’ मा पहिलो स्थान प्राप्त गरेको हो ।

त्यस्तै, मनकामना २–० ले बोधीसदन, ६–१ न्याम्सलाई पराजित गरेपछि टाइमलाइन स्कुलबाट बाई पाएर समूह ‘एफ’ को शीर्षस्थानमा रहदै अन्तिम आठलाई छनोट भएको हो । ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बालबाटिकालाई ३–० र नेपालयलाई ३–० ले पन्छाउँदै समूह ‘जी’ मा पहिलो स्थान हात पारेको हो ।

तीन टिम रहेको समूह ‘एच’ मा नेभरउड स्कुलमाथि बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाटै बाहिरियो भने त्यसपछि भएको प्रतिस्पर्धामा वेदव्यासले रिलयान्सविरुद्ध पेनाल्टी सुटकआउटमा ३–२ को जित रच्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

क्वाटरफाइनलमा जेसेफले चेल्सीविरुद्ध खेल्ने छ भने लिभिङ वर्डले रिब्सको सामना गर्ने छ । त्यस्तै, माउन्ट ग्लोरीले ब्रम्हकुञ्जविरुद्ध प्रतिस्पर्धा गर्ने छ भने मनकामना स्कुलले वेदव्यासविरुद्ध भिड्ने छ ।

प्रतियोगिताको समूह चरणमा २९ वटा स्कुलका ३० वटा टिमले विभिन्ना आठ समूहमा रहेर प्रतिस्पर्धा गरेका थिए ।

एनएमबी बैंकको प्रायोजनमा भइरहेको तीन दिने प्रतियोगितामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू शुक्रबार सञ्चालन हुने छ ।

फाइनल दिउँसो ३ बजे सुरु हुने आयोजक कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर बद्री भट्टराईले बताए । 

Loading ad...
LiNing Ad
#कपअन फुटबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा