काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारीले अष्ट्रेलियामा हुने तीन अन्तराष्ट्रिय पारा तेक्वान्दो प्रतियोगिता खेल्ने भएका छन् ।
प्रतियोगितामा सहभागी हुन उनी सोमबार अस्ट्रेलिया प्रस्थान समेत गरेका छन् ।
जुलाई ७ मा डब्लुटी प्रेसिडेन्ट कप, जुलाई ८ मा ओसिएना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ मा अष्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
रामले ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । रामलाई प्रशिक्षक लामालगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।