काठमाडौं । ललितपुरमा आयोजना भएको फुटसल प्रतियोगिताको उपाधि पट्टिपा युथ क्लबले जितेको छ।
फाइनलमा अफलडोल युथ क्लबलाई ४–० ले पराजित गर्दै पट्टिपाले उपाधि उचालेको हो।
सेमिफाइनलमा पट्टिपाले भनिमण्डल भेट्रान र अफलडोलले गैडागोटलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए।
पट्टिपा युथक्लबले काठमाडौं फुटबलमा आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई ललितपुर महानगरपालिका ४ का वडाध्यक्ष सन्तोष खड्काले पुरस्कार प्रदान गरे।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी पट्टिपा युथ क्लबका स्वीकार राना र सर्वाधिक गोलकर्ता पट्टिपाकै सुविवेक मल्ल भएको आयोजक समितिका संयोजक किशोर केसीले जानकारी दिए।
प्रतियोगितामा ललितपुरका ८ वटा टिम सहभागी थिए।