काठमाडौं । नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको ११ औं एनएसए कप पौडी प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ ।
नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आइतबार र सोमबार हुने जनाएको छ ।
दुई दिने प्रतियोगितामा सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी परिसरमा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरि २६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
खुल्ला समूहतर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताबाट मित्र राष्ट्र चीनको होन्जाउ शहरमा सन २०२३ सेक्टेम्बर २३ देखी अक्टोवर ७ तारिक सम्म हने १९ औ एशियाली खेल अन्तरर्गत पौडी प्रतियोगितामा नेपाली २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनौट गरिने संघले जनाएको छ ।
यस्तै पेरिश ओलम्पिककमा सहभागिता जनाउन मित्र राष्ट्र जापानको फुकुहवा शहरमा हुने छनौट राउण्डको रुपमा वर्ल्ड एक्वाइटिक च्याम्पियनसिपका लगी २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनौट रहेको संघले जनाएको छ ।
खेलाडीहरुको हौसला तथा मनोबल उच्च बनाउन संघले खुल्लातर्फ उत्कृष्ट १/१ महिला तथा पुरुष खेलाडीहरुलाई जनही १०/१० हजारले सम्मानित गरिने छ । त्यस्तै सबै उमेर समूहका खेलाडीहरुलाई ३/३ हजारले पनि सम्मान गरिने संघले जनाएको छ ।
प्रतियोगितामा विराटनगर, विरगंज, नेपालगंज तथा उपत्ययकाका विभिन्न ३६ विद्यालयहरुले सहभागिता जनाउने छन् । उमेर समूहको प्राप्त नतिजाको आधारमा उत्कृष्ट ३ विद्यालयलाई प्रथम, द्धितिय र तृतियको रुपमा टिम च्याम्पियन ट्रफी प्रदान गरिने संघले जनाएको छ ।