काठमाडौं । दोस्रो नेपाल-भारत दुईदेशीय टी-ट्वान्टी दृष्टिविहीन महिला क्रिकेट सिरिजको चौंथो खेलमा नेपला विजयी भएको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले शनिबार भारतलाई १० विकेटले हराएको हो ।
यस जितसँगै नेपालले पाँच खेलको सिरिज ३-१ ले जितेको छ । सिरिजको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो । भारतका लागि गंगावा निलप्पाले ५६ रन जोड्दा झिलि विरुवाले ४४ तथा सिमु दासले ३२ रन जोडेकी थिइन् । नेपालका लागि सरिता घिमिरेले १ विकेट हात पारिन् ।
भारतले दिएको लक्ष्य नेपालले १७.५ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालकाको जितमा मनकेशरी चौधरीले अविजित रहदै १ सय १६ रनको शतकीय इनिङ खेलिन् ।
त्यस्तै विनिता पुनले अविजित ८९ रन जोडिन ।