पोखरा । दोस्रो नेपाल-भारत दुई देशीय दृष्टिविहीन टी-ट्वान्टी महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिते निकालेको छ ।
पोखरा क्रिकेट मैदानमा मंगलबार विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा नेपालले भारतलाई ८ विकेटले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको थियो । भारतकी गंगावा निलप्पाले अविजित ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६, वर्षा यूले १० र सुस्मा पटेलले ९ रन बनाईन् ।
जवाफमा नेपालले २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा प्लेयर अफ द म्याच विनिताले ५७ बलमा अविजित रहदै १११ रन जोडिन् ।
उनी नेत्रहीन महिला क्रिकेटको इतिहासमा शतक बनाउने पहिलो खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरेले अविजित २१ रन जोडिन् ।