आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
  4. /
  5. पत्रकार र भूपु खेलाडीबीच मैत्रिपूर्ण फुटसल

पत्रकार र भूपु खेलाडीबीच मैत्रिपूर्ण फुटसल

२०२३ अप्रिल ८, शनिबारखेलपाटी संवाददाता

पत्रकार र भूपु खेलाडीबीच मैत्रिपूर्ण फुटसल

पोखरा  । फराकिलो अग्रता जोगाउन नसक्दा पोखरामा आयोजित मैत्रिपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ । शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो ।

खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।  उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गरेका थिए । त्यसपछि भुतपूर्व खेलाडी मञ्चको पोष्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन । पत्रकार मञ्चका तर्फबाट उपाध्यक्ष सुरज श्रेष्ठले दुई गोल गरें । मन क्षेत्री, विसन क्षेत्री, जसकाजी गुरुङ, प्रविण मगरले पत्रकार मञ्चको तर्फबाट गोल थपे ।

भूतपूर्व खेलाडी मञ्चको तर्फबाट ओम बहादुर गुरुङले दुई गोल गरें ।  दिनेश कुमार श्रेष्ठ, विर बहादुर गुरुङ, राम बहादुर गुरुङ, जगदीश गुरुङ, चिन बहादुर गुरुङ र बाबुराम पौडेलले समेत खेलाडी मञ्चबाट गोल थपेका थिए । सूरुवाती क्रममा पत्रकार मञ्च अगाडि निरिह देखिएको भूतपूर्व खेलाडी मञ्चले अन्तिम समयमा उत्कृष्ट पूनरागमन गरेको थियो ।

यसअगाडि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

विश्व खेल दिवसको अवसर पारेर नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूपु खेलाडी मञ्च यो कार्यक्रमको आयोजना गरेको हो । ६ अप्रिलको दिनमा पर्ने यो दिवस विकास र शान्तीका लागि अन्तराष्ट्रिय खेल दिवस भन्ने नाराका साथ साताव्यापी कार्यक्रम गरेर विश्वभर मनाइदै छ ।

भूपु खेलाडी मञ्चका कार्यवाहक अध्यक्ष दीलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल र भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।

पत्रकार र भूपु खेलाडीबीच मैत्रिपूर्ण फुटसल
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता

नखिपोट फुटसल असोजमा

नखिपोट फुटसल असोजमा

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा

Bhat Bhateni
नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु