आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
  4. /
  5. पलेशालाई पारा एथलेट सम्मान

पलेशालाई पारा एथलेट सम्मान

२०२३ मार्च ७, मङ्गलबारखेलपाटी संवाददाता

पलेशालाई पारा एथलेट सम्मान

काठमाडौं । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गतको पारा एथलेट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा पलेशालाई पारा एथलेट सम्मान प्रदान गरिएको हो ।

पारा एथलेट सम्मानसँगै पलेशाले नगद ५० हजार प्राप्त गरिन् ।

को हुन् पलेशा गोवर्धन ?

पलेशा गोवर्धनको हाँसोमा धेरै थोक मिसिएको छ। उनको ब्यवहार, मेहनत, उनको आत्मविश्वास अनि उनको सफलता।

तेक्वान्दो खेलाडी पलेशालाई 'फरक क्षमताको खेलकुद क्षेत्र'  को रोल मोडल हुन् भन्दा फरक पर्दैन।

१० वर्षको उमेर देखि खेल क्षेत्रमा होमिएकी पलेशालाई शुरुमा लागेको थियो खेलकुद क्षेत्र रमाइलोको लागि मात्रै हो।

जब बुझ्दै गइन्, उनलाई थाहा हुँदै गयो की यहाँ त जीवन जिउने कला लुकेको रहेछ, यो त आफुले आफैलाई चिन्ने माध्यम रहेछ।

थाहै नपाई तेक्वान्दो र खेलकुद क्षेत्र उनको जीवनको टर्निङ प्वाइन्ट बनिसकेको थियो।

जब अन्तर्राष्ट्रिय प्रतियोगितामा पलेशाले प्रतिद्धन्दीसंग भिड्न थालिन्, खेलमात्र होइन,  उनले आफैलाई पनि जित्न थालिन्।

खेल यात्रासंगै उनको घरका भित्ताहरु पदकले सजिन थाल्यो। लजालु स्वभावकी पलेशा यसविचमा आत्मविश्वासी खेलाडी बनिसकेकी थिइन्। हिजो आफु अरु भन्दा फरक र कमजोर छु भन्ने मानसिकता उनीबाट कता कता गायब भइसकेको थियो।

खेलकुद यात्रामा उनले धेरै कुरा सिकिन् थाहा पाइन्

वर्ष २०७८ त उनको खेल जीवनको लागि झनै महत्वपुर्ण बन्यो। सोही वर्ष उनी टोकियो ओलम्पिकमा छानिइन् ।

त्यहाँ उनी झन्डै झन्डै पदकको नजिक पुगिसकेकी थिइन्। तर ९ सेकेन्ड खेल सम्हाल्न नसक्दा पदक विमुख हुनु पर्यो।

यद्यपी नेपाली ओलम्पिकको इतिहासमा २ जना प्रतिद्धन्दीलाई हराएर उनले नयाँ इतिहास भने रचिन्।

टोकियोमा पदक गुम्यो, तर त्यहाँबाट फर्के लगत्तै पलेशाले एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितिन्।

अब उनी सामान्य पलेशा गोवर्धन होइन, ओलम्पियन पलेशा बनिसकेकी थिइन्। गलामा अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो।

एक दशकको खेलकुद यात्रामा पलेशाले खेलकुदका धेरै पक्ष बुझिसकेकी छिन्। खेलकुदमा शिक्षाको महत्व धेरै रहेको उनको अनुभव छ। र आफुले सिकेको अनुभव भविष्यमा पारा खेलाडीहरुको भलाईमा प्रयोग गर्ने सपना बुनेकी छिन् पलेशा गोवर्धनले।

झट्ट हेर्दा पलेशा ओलम्पिक खेल्ने एकजना सामान्य खेलाडी लाग्न सक्छ। तर उनले भोगेको खेलकुद र देखेको सपना अरु भन्दा फरक छ।

पारा एथलेट क्षेत्रमा पलेशाले रचेको योगदानको उच्च सम्मान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च उनलाई प्रदान गर्दछ पल्सर पारा एथलिट सम्मान २०७८ ।

पलेशालाई पारा एथलेट सम्मान
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पलेशा र नेगी सम्मानित

पलेशा र नेगी सम्मानित

पलेशाले जितिन् कांस्य

पलेशाले जितिन् कांस्य

एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने

एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’