मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

क्लबलाई खेलाडी अभाव, विदेशी कोटा थप्न माग

आइतबार, २२ माघ २०७९हिम बिक्रम केसी
क्लबलाई खेलाडी अभाव, विदेशी कोटा थप्न माग
Classic Tech Internet Ad

काठमाडौं । ए डिभिजन लिगका क्लबहरुले बजारमा खेलाडी अभाव रहेको जनाउँदै विदेशी खेलाडीको कोटा बढाउन एन्फासँग माग गरेका छन् । ए डिभिजनका अधिकांश क्लबले आफुहरुलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा पत्र बुझाएका छन् ।

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरुले सामुहिक रुपमा विदेशी खेलाडीको कोटा बढाउन एन्फासँग माग गरेका हुन् । 

ए डिभिजनका ११ वटा क्लबले विदेशी खेलाडीको कोटा बढाउने माग सहितको पत्र लिग निर्देशक सञ्जिव मिश्रलाई बुझाएका छन् । तीन विभाग बाहेकका ए डिभिजन खेल्ने अधिकांश क्लबले राम्रा खेलाडी विदेश गएको भन्दै बजारमा खेलाडी अभाव रहेको उल्लेख गरेका छन् । 

पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन् । सुरक्षित भविष्यको खोजीमा धेरै खेलाडीले अष्ट्रेलिया सहितका देशलाई नयाँ गन्तब्य बनाएका छन् । राष्ट्रिय टिममात्र नभएर माथिल्लो स्तरको फुटबल खेल्ने अधिकांश खेलाडीको रोजाई अष्ट्रेलिया बन्न थालेको छ । धेरै खेलाडीले अष्ट्रेलियामा भिषा आवेदन दिएर प्रतिक्षा गरेर बसेका छन् । क्लबमा अनुबन्ध भएका खेलाडी पनि आसन्न लिगको दौरान विदेश उड्ने चिन्ताबाट क्लबहरु गुज्रिरहेका छन् ।  

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश लागेपछि क्लबलाई राम्रा खेलाडीको अभाव देखिएको छ । बजारमा राम्रा खेलाडी नपाउँदा क्लबले लिगको तयारी समेत अघि बढाउन सकेका छैनन् । राम्रा खेलाडी नहुँदा लिगको स्तर घट्ने चिन्ता सरोकारवालाले ब्यक्त गरिरहेका छन् । 

‘क्लबलाई खेलाडीको अभाव छ । राम्रा खेलाडी पनि बजारमा छैनन् ।’ ए डिभिजन क्लबका एक पदाधिकारीले खेलपाटीसँग भने, ‘लिगलाई प्रतिस्पर्धात्मक बनाउन पनि राम्रा खेलाडी क्लबमा चाहिन्छ । सोही कारण विदेशी खेलाडीको कोटा वृद्धि गर्न माग गर्दै एन्फालाई अनुरोध गरेका छौं ।’ 

क्लबहरुले दक्षिण एसियाली देशबाट थप एक विदेशी खेलाडी राख्न सक्ने व्यवस्था गर्न एन्फासँग माग गरेका छन् । एन्फाको लिग निर्देशिकामा लिगमा तीन विदेशी र एक एसियन गरि चार विदेशी खेलाडीलाई क्लबले एक सिजनका लागि दर्ता गर्न सकिने प्रावधान छ । 

एन्फाले यस सिजनको लिग फागुन १९ गतेबाट सञ्चालन गर्दैछ । यस सिजन डबल राउण्ड रोबिनका आधारमा लिग सञ्चालन हुदैछ । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लबको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने क्लबहरुको माग छ । 

एन्फाले यस सिजनको लिगको निर्देशिका बनाएर पारित गरिसकेको छ । निर्देशिकामा एक एसियन गरि चार विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । यसअघिको बैठकमा विदेशी खेलाडीको कोटा थप्ने विषयमा कार्यसमिति सदस्यले विरोध गरेका थिए । 

‘क्लबहरुको मागमा एन्फा सकारात्मक छ ।’ एन्फाका एक अधिकारीले भने, ‘यसअघि कार्यसमिति बैठकमा यसको विरोधनै भएको थियो । तर समयको चाप र खेलाडीको अभाव हेर्दा क्लबको माग सम्बोधन गर्नु पर्नेनै देखिन्छ ।’ 
 

Bajaj Pulsar Motorcycle Ad
#क्लब #खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

सलाहले जोगाए इजिप्टको इज्जत्

सलाहले जोगाए इजिप्टको इज्जत्

नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने