काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा आइतबार न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
पहिलो खेलमै जित निकाल्ने क्रममा आर्मीले न्यू डायमण्डलाई २७-२५,२५-१७ र २५-२३ को सेटमा हराएको हो ।
प्रतियोगिता अन्तर्गत आइतबार पुरुषतर्फ दुई खेलहरु हुँदैछ। पहिलो खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । खेल मध्यान्ह १२ बजे हुनेछ ।
पुरुषतर्फको दोस्रो तथा अन्तिम खेलमा गण्डकी प्रदेश र विभागीय टोली नेपाल पुलिसबीचमा खेल हुदैछ । यो खेल दिउसो २:३० मा हुनेछ ।
राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब,नेपाल एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ ।
यस्तै पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख रुपैया नगद पाउँदा उपविजेता टिमले समान नगद २ लाख ५० हजार पाउँने छ । तेश्रो हुने टिमले समान नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमले समान नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्। त्य
स्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।