६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी
-1786544975326.webp&w=3840&q=75)
काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) बुधबार एस्टन भिल्लाविरुद्ध यूईएफए सुपर कप खेल्दै उपाधि यात्राको सुरुआत गर्दैछ। अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
यो खेल पछिल्लो सिजनको च्याम्पियन्स लिग विजेता पीएसजी र युरोपा लिग विजेता एस्टन भिल्लाबीचको वार्षिक प्रतिस्पर्धा हो। पीएसजी लगातार तेस्रो च्याम्पियन्स लिग उपाधिसहित कुल ६ वटा उपाधि जित्ने लक्ष्यमा छ।
गत वर्ष टोटनहमलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले सुपर कप जितेको थियो। एस्टन भिल्लाले भने सन् १९८३ मा बार्सिलोनालाई दुई लेगमा पराजित गर्दै सुपर कप जितेको थियो।
-1786545043863.webp)
उसका प्रशिक्षक उनाइ एमरीले यसअघि सेभिया र भिल्लारियलका प्रशिक्षक रहँदा सुपर कपमा लगातार तीन हार बेहोरेका छन्।
टोलीको अवस्था
एस्टन भिल्लाका नयाँ खेलाडी जोहान मन्जाम्बी घुँडाको चोटका कारण खेल्ने छैनन्। विश्वकपपछि पूर्ण प्रशिक्षणमा फर्किन नसकेका गोलरक्षक एमिलियानो मार्टिनेज, स्ट्राइकर ओली वाट्किन्स र डिफेन्डर एज्री कोन्सा पनि उपलब्ध हुने छैनन्।

पीएसजीका प्रशिक्षक लुइस एनरिकेले भने फ्रान्सका ओस्मान डेम्बेले, देजिरे डुए र ब्राड्ली बारकोला तथा स्पेनका मिडफिल्डर फाबियन रुइजलाई खेलाउने वा नखेलाउने विषयमा निर्णय गर्नुपर्नेछ। उनीहरू सोमबार मात्र प्रशिक्षणमा फर्किएका थिए।
यसैबीच, हालै एस्टन भिल्लाबाट पीएसजीमा आएका लेफ्ट ब्याक लुकास डिग्नेले आफ्नो पुरानो क्लबविरुद्ध मैदान उत्रिने सम्भावना छ।









-1786501128320.webp&w=3840&q=75)

