पीएसजीले रक्षा गर्यो सुपर कपको उपाधि

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रो वर्ष यूईएफए सुपर कपको उपाधि जितेको छ।
युरोपेली फुटबल सिजनको सुरुआती महत्त्वपूर्ण खेलमा डिजिरे डुएले दोस्रो हाफमा गरेको गोल पीएसजीको जितका लागि निर्णायक बन्यो।
यो उपाधिसँगै पीएसजीले सम्भावित ६ उपाधिमध्ये पहिलो उपाधि जितेको छ। साथै, रियल मड्रिडले सन् २०१६ र २०१७ मा लगातार सुपर कप जितेयता लगातार दुई पटक उपाधि जित्ने पीएसजी पहिलो टोली बनेको छ।
साल्जबर्ग, अस्ट्रियामा भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले बायाँतर्फबाट भित्र छिर्दै शक्तिशाली प्रहारमार्फत बललाई नजिकको पोस्ट हुँदै जाली चुमाएका थिए।
तर‚ एस्टन भिल्लाका १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले पहिलो प्रतिस्पर्धात्मक खेलमै गोल गर्दै खेल बराबरीमा ल्याए। जोन म्याकगिनको क्रसमा माड्जोले उत्कृष्ट भली प्रहार गर्दै बललाई जालीमा पुर्याएका थिए।
पीएसजीका लागि निर्णायक गोल ६१औं मिनेटमा डिजिरे डुएले गरे। उस्मान डेम्बेलेको पासमा भिल्लाको डिफेन्स पछाडि पुगेका डुएले बायाँ खुट्टाले बललाई टाढाको कुनामा प्रहार गर्दै गोल गरे। सुरुमा अफसाइड भन्दै गोल अस्वीकार गरिएको थियो।
तर‚ भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को समीक्षा गर्दा भिल्लाका राइट ब्याक माटी क्यासले डुएलाई अनसाइड राखेको देखिएपछि गोललाई मान्यता दिइयो।







-1786544975326.webp&w=3840&q=75)



-1786501128320.webp&w=3840&q=75)