खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

काठमाडौं। अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लिओनल मेसीले आफ्ना पिता होर्खे मेसीको निधनपछि सामाजिक सञ्जालमा अत्यन्तै भावुक सन्देश सार्वजनिक गरेका छन्।
बुबाको निधनले शोकमा रहेका मेसीप्रति विश्वभरका फुटबल खेलाडी, क्लब तथा समर्थकहरूले समवेदना व्यक्त गरिरहेका छन्। तर‚ तीमध्ये सबैभन्दा बढी चर्चा भने उनका लामो समयदेखिका मुख्य प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको सन्देशले पाएको छ।
मेसीको सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लेखेका छन्,‘यो कठिन समयमा तिमी र तिम्रो परिवारलाई ठूलो साथ छ, लियो। धैर्य धारणको कामना गर्दछु।’

होर्खे मेसीको ६८ वर्षको उमेरमा निधन भएको केही दिनपछि मेसीले बुबाको सम्झनामा सामाजिक सञ्जालमा भावुक पोस्ट गरेका हुन्। उनले आफ्ना बुबा अब आफूहरूमाझ नरहेको वास्तविकता अझै स्वीकार गर्न नसकेको बताएका छन्।
मेसीले लेखेका छन्,‘बुबा, तपाई अब हुनुहुन्न भन्ने कुरा म अझै विश्वास गर्न सकिरहेको छैन। यो वास्तविकता स्वीकार गर्न सकिरहेको छैन। तपाईंविना कसरी अगाडि बढ्ने भन्ने मैले सोच्न सकेको छैन।’
मेसीको दुःखमा रोनाल्डोबाहेक बार्सिलोनाका पूर्वकप्तान कार्लेस पुयोल, सर्जियो रोबर्टो, अर्जेन्टिनाका स्टार खेलाडी एन्जेल डि मारियालगायतले पनि समवेदना व्यक्त गरेका छन्। बार्सिलोनाको आधिकारिक सामाजिक सञ्जालबाट समेत मेसी र उनको परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
मैदानमा वर्षौंदेखि एकअर्काका मुख्य प्रतिद्वन्द्वीका रूपमा चिनिएका मेसी र रोनाल्डोबीचको यो भावुक संवादले खेलकुदको प्रतिस्पर्धाभन्दा माथि मानवीय संवेदना र सहानुभूतिको भावना झल्काएको छ।





-1786544975326.webp&w=3840&q=75)





-1786501128320.webp&w=3840&q=75)