बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

बिहिबार, २८ श्रावण २०८३खेलपाटी संवाददाता
नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनका फुटबल लिजेन्ड तथा बार्सिलोनाका पूर्वप्रशिक्षक जाभी हर्नान्डेजलाई नेदरल्यान्ड्सले राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक नियुक्त गरेको छ। करिब ५० वर्षपछि उनी डच राष्ट्रिय टोली सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बनेका छन्।

जाभी र नेदरल्यान्ड्सबीच भने पुरानो तीतो सम्बन्ध पनि छ। सन् २०१० को विश्वकप फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो। उक्त खेलमा स्पेनको मिडफिल्ड सम्हाल्ने मुख्ष खेलाडीमध्ये जाभी पनि एक थिए।

सन् २०२४ को मेमा बार्सिलोनाको प्रशिक्षक पदबाट अलग भएपछि ४६ वर्षीय जाभीले कुनै पनि टोलीको प्रशिक्षण सम्हालेका थिएनन्। विश्वकपमा मोरक्कोसँग पराजित हुँदै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएपछि रोनाल्ड कोम्यानले पनि पद छाडेका थिए। त्यसपछि लुइस भान गाललाई पुनः जिम्मेवारी दिन सकिने चर्चा चले पनि अन्ततः नेदरल्यान्ड्सले जाभीलाई रोजेको हो।

बार्सिलोनाको एकेडेमीमा योहान क्रुइफ र राइनुस मिखेल्सको फुटबल दर्शनबाट प्रभावित भएर हुर्किएका जाभीले डच फुटबलसँग आफ्नो विशेष सम्बन्ध रहेको बताएका छन्। सन् २०३० को विश्वकपसम्मका लागि सम्झौता गरेका जाभीले आफूलाई डच फुटबलकै एक सन्तान भन्न सकिने बताएका छन्।

जाभीका अनुसार खेलाडी र प्रशिक्षकका रूपमा उनको विकासमा धेरै महान् प्रशिक्षकको योगदान छ। विशेषगरी बार्सिलोनामा उनको पहिलो टोलीमा डेब्यु गराउने लुइस भान गाल तथा फ्रान्क राइकार्डको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन्।

यसअघि नेदरल्यान्ड्सको राष्ट्रिय टोली सम्हाल्ने अन्तिम विदेशी प्रशिक्षक अस्ट्रियाका अर्न्स्ट हापेल थिए। उनले सन् १९७७ देखि १९७८ सम्म डच टोलीको जिम्मेवारी सम्हालेका थिए। त्यसयता करिब पाँच दशकपछि जाभी विदेशी प्रशिक्षकका रूपमा नेदरल्यान्ड्सको जिम्मेवारीमा आएका हुन्।

जाभीले डच फुटबल संस्कृतिले आफूलाई विशेष रूपमा आकर्षित गर्ने बताएका छन्। बलमा नियन्त्रण कायम राख्दै आक्रामक फुटबल खेल्ने शैली, सिर्जनशीलता, भावना र दृढ संकल्प डच फुटबलका मुख्य विशेषता भएको उनको भनाइ छ। यही शैलीलाई कायम राख्दै टोलीलाई अघि बढाउने उनको योजना छ।

नयाँ जिम्मेवारीबारे जाभीले जित नै आफ्नो मुख्य लक्ष्य रहने बताएका छन्। तर‚ दर्शकले समेत रमाइलो गर्ने र टोलीको पहिचान झल्किने शैलीमा जित हासिल गर्न आफूले रुचाउने उनको भनाइ छ। नेदरल्यान्ड्ससँग त्यसका लागि बलियो आधार र पर्याप्त सम्भावना रहेको उनले बताए।

बार्सिलोनामा १७ वर्ष लामो खेलाडी जीवन बिताएपछि जाभीले कतारको क्लब अल–सादमा आफ्नो व्यावसायिक खेलाडी करिअरको अन्त्य गरेका थिए। त्यसपछि सन् २०१९ देखि २०२१ सम्म अल सादकै प्रशिक्षक बनेर उनले प्रशिक्षण करिअर सुरु गरे।

संयोगवश, सन् २०२१ को नोभेम्बरमा रोनाल्ड कोम्यानको स्थानमा जाभी बार्सिलोनाको प्रशिक्षक बनेका थिए। अहिले उनी नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा पनि आफ्नै बार्सिलोनाका पूर्वसहकर्मी कोम्यानको स्थानमा आएका छन्। बार्सिलोनामा अपेक्षित सफलता हासिल गर्न नसकेपछि भने जाभीले सन् २०२४ मा प्रशिक्षक पद छाडेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त