बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

बिहिबार, २८ श्रावण २०८३खेलपाटी संवाददाता
मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। डानियल आर्सिलाले दुई गोल गरेपछि क्लब लियोनले इन्टर मियामीलाई ३–२ ले पराजित गर्दै लिग्स कपको नकआउट चरणमा स्थान बनाएको छ।

खेलमा अर्जेन्टिनाका स्टार लिओनल मेसी आफ्ना पिता होर्खे मेसीको निधनपछि पहिलो पटक मैदानमा फर्किएका थिए। मियामीको न्यु स्टेडियममा भएको खेलमा मेसीले दोस्रो हाफबाट मैदान प्रवेश गरेका थिए।

उनी मैदानमा प्रवेश गर्दा समर्थकहरूले ठूलो ताली बजाउँदै स्वागत गरेका थिए। गत शनिबार ६८ वर्षको उमेरमा पिता होर्खे मेसीको निधन भएपछि यो मेसीको पहिलो खेल थियो।

खेलअघि मेसीले सामाजिक सञ्जालमार्फत आफ्ना बुबालाई भावुक श्रद्धाञ्जली दिएका थिए। उनले बुबाको निधनपछि आफू अब कसरी अगाडि बढ्ने भन्नेमा अन्योलमा रहेको उल्लेख गरेका थिए।

होर्खे मेसीले आफ्नो छोराको फुटबल करियरमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी लामो समयसम्म मेसीका एजेन्टका रूपमा काम गर्नुका साथै उनका व्यावसायिक मामिला पनि व्यवस्थापन गर्दै आएका थिए।

पिताको निधनपछि अर्जेन्टिना पुगेका मेसीले शनिबार मोन्टेरेविरुद्ध इन्टर मियामीको खेल गुमाएका थिए। तर‚ लियोनविरुद्धको खेलमा उनी बेन्चमा रहेका थिए र दोस्रो हाफ सुरु हुँदा डानियल पिन्टरको स्थानमा मैदान प्रवेश गरे।

खेलमा इन्टर मियामीले पहिलो हाफको ४२औं मिनेटमा डानियल पिन्टरको गोलमार्फत अग्रता लिएको थियो। इयान फ्रेले दिएको पासमा पिन्टरले गोल गरेका थिए।

तर‚ दोस्रो हाफमा लियोनले उत्कृष्ट पुनरागमन गर्‍यो। ५०औं मिनेटमा डानियल आर्सिलाले पेनाल्टी क्षेत्रको मध्यभागबाट दायाँ खुट्टाले प्रहार गर्दै गोल गरे। त्यसपछि आर्सिलाले ८३औं मिनेटमा निर्णायक गोल गर्दै लियोनलाई ३–२ को अग्रता दिलाए। यो प्रतियोगितामा उनको चौथो गोल हो।

लियोनका लागि जुआन पाब्लो डोमिङ्गेजले पनि एक गोल गरे। इन्टर मियामीका लागि यानिक ब्राइटले एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो इन्टर मियामीको लगातार दोस्रो खेल हो, जहाँ टोलीले दोस्रो हाफमा लिएको अग्रता जोगाउन सकेन। सन् २०२३ मा लिग्स कपको उपाधि जितेको मियामी गत वर्ष फाइनलसम्म पुगेको थियो। यसपटक भने टोली प्रतियोगिताबाट बाहिरिएको छ।

मोन्टेरेसँगको हारपछि एमएलएस तालिकामा १२औं स्थानमा रहेको मियामी नकआउट चरणमा पुग्ने सम्भावना यसअघि नै कमजोर बनेको थियो। प्रतियोगिताको क्वार्टरफाइनलमा एमएलएसका शीर्ष चार र मेक्सिकोको लिगा एमएक्सका शीर्ष चार टोलीले स्थान बनाउनेछन्।

लगातार दुई खेल जित्दै लियोन भने लिगा एमएक्सको तालिकामा शीर्ष स्थानमा पुगेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त