बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेस्सीले दिए सन्न्यासको संकेत

बिहिबार, २८ श्रावण २०८३खेलपाटी संवाददाता
 मेस्सीले दिए सन्न्यासको संकेत
Loading ad...
mustang rice ad

काठमाडौं। विश्वकपको फाइनलमा स्पेनसँग पराजित हुँदै विश्वच्याम्पियन बन्ने सपना अधुरो बनेपछि अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले अर्को ठूलो व्यक्तिगत पीडा बेहोरेका छन्।

गत साता ६८ वर्षको उमेरमा उनका बुबा होर्खे मेसीको निधन भएको थियो। बुबाको निधनपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै मेसीले आफ्नो फुटबल करिअरको भविष्यबारे समेत गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै ३९ वर्षीय मेसीले बुबाबिना आफू कसरी अघि बढ्ने भन्ने थाहा नभएको बताएका छन्। उनले आफूले जीवनभर फुटबल खेल्दै आएको उल्लेख गर्दै अब यो खेललाई धेरै समय निरन्तरता दिन सक्नेमा आफूलाई नै शंका रहेको बताएका छन्।

‘तपाईबिना म के गरूँ, कसरी अगाडि बढूँ, मलाई थाहा छैन। मैले अहिलेसम्म फुटबल मात्रै खेलें, तर अब यसलाई धेरै समयसम्म निरन्तरता दिन सक्छु कि सक्दिनँ भन्नेमा मलाई शंका छ,’ उनले भने।

मेजर लिग सकर क्लब इन्टर मियामीसँग मेसीको सम्झौता २०२८ को सिजनको अन्त्यसम्म रहेको छ। आफ्नो सन्देशमा उनले बुबाको जीवनका अन्तिम केही महिनालाई समेत स्मरण गरेका छन्, जुन समयमा २०२६ को विश्वकप आयोजना भएको थियो।

मेसीले बुबालाई आफूले बारम्बार फाइनलमा पुग्ने र त्यहाँ उपस्थित हुन सक्ने बताउने गरेको सम्झिए। अर्जेन्टिना फाइनलमा पुगे पनि बुबा त्यहाँ उपस्थित हुन सकेनन्। आफ्नो बुबाका लागि विश्वकप जित्न चाहेको तर त्यसो गर्न नसकेको भन्दै उनले भावुकता व्यक्त गरेका छन्।

‘म तपाईलाई बारम्बार हामी फाइनलमा पुग्नेछौं भन्थें। ताकि तपाई पनि त्यहाँ उपस्थित हुन सक्नुहोस्,’ उनले भने। आइतबार बुबाको अन्त्येष्टिमा सहभागी भएपछि मेस्सी मंगलबार राति अमेरिका फर्किएका छन्।

‘हामी फाइनलमा पुगेका थियौं, तर तपाई त्यहाँ हुन सक्नुभएन। म तपाईका लागि यो जित्न चाहन्थें र तपाईलाई अर्को उपाधि देखाउन चाहन्थें। तर‚ सकिनँ, मेरा खुट्टाले साथ दिन छाडिसकेका थिए,’ उनी भन्छन्।

न्यु जर्सीमा भएको फाइनलमा अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भएको थियो। यद्यपि, मे‍सीले प्रतियोगिताभार ८ गोल र २ असिस्ट गरेका थिए। उनका अनुसार होर्खे एकैपटक बुबा, साथी र एजेन्टका रूपमा उनको साथमा थिए। जीवनका हरेक परिस्थितिमा बुबाले आफूलाई आवश्यक पर्ने भूमिका निर्वाह गरेको भन्दै मेसीले उनको योगदानप्रति सम्मान व्यक्त गरेका छन्।

विश्वकपका क्रममा होर्खे मेसीको असामान्य अनुपस्थिति पनि चर्चाको विषय बनेको थियो। त्यतिबेला उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका थिए। मेसीको परिवारले भने सञ्चारमाध्यमलाई परिवारको अवस्थाप्रति मानवीय संवेदनशीलता अपनाउन आग्रह गरेको थियो।

अल्जेरियाविरुद्धको समूह चरणको खेलमा गोल गरेपछि मेसी भावुक हुँदै मैदानमै रोएका थिए। त्यसबेला उनले फुटबलभन्दा बाहिरको एउटा व्यक्तिगत परिस्थितिका कारण आफू मानसिक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेको बताएका थिए।

आइतबार अर्जेन्टिनाको रोजारियोनजिकैको पेरेज सहरमा परिवारका केही निकट सदस्य तथा अर्जेन्टिना राष्ट्रिय टोलीका उनका सहकर्मीहरूको उपस्थितिमा निजी समारोहबीच मेसीले बुबालाई अन्तिम बिदाइ दिएका थिए।

होर्खे मेसीको मृत्युको आधिकारिक कारण सार्वजनिक गरिएको छैन। यद्यपि, स्थानीय केही सञ्चारमाध्यमले उनी क्यान्सरबाट पीडित रहेको दाबी गरेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा