काठमाडौं । एपीएफ क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराएर एपीएफ तेस्रो भएको हो।
एपीएफले पुलिसमाथि १५-२५, २५-२०,२५-२३ र २५-१८ को सेटमा जित निकालेको हो ।
महिलातर्फको तेस्रो स्थानका एपीएफ क्लब र आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
महिलातर्फको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फको फाइनल खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।