काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलेसातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पुरुषको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीले एपीएफमाथि २५-२३, २५-१७ र २५- १७ को जित निकालेको हो ।
अब आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र हेल्प नेपालबीचको विजेतासँग खेल्नेछ ।
पुलिस र हेल्प नेपालबीचको दोस्रो सेमिफाइनल आजै हुनेछ ।
महिलातर्फको फाइनलमा न्यु डायमण्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।