सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

बिहिबार, २८ पौष २०७९खेलपाटी संवाददाता
पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा हराउँदै पुलिसले लगातार तेस्रो जित निकालेको हो ।

पुलिसले न्यु डायमण्डमाथि २५-२२,२२-२५,२५-१४,२३-२५ र १५-१० को सेटमा हराएको हो ।

जितसँगै पुलिस समूह 'ए' को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले ३ खेलमा ८ अंक जोडेको छ ।

न्यु डायमण्ड समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । न्यु डायमण्डले ३ खेलमा ६ अंक जोडेको छ ।

च्याम्पियनसिप अन्तर्गत बिहीबार नै पुरुषतर्फ चार खेल हुँदैछ ।

पुरुषतर्फको पहिलो खेलमा बुढानिलकण्ठ भलिबल क्लब र केशवलाल भलिबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

पुरुषतर्फको दोस्रो खेलमा टिपटप हेल्प नेपाल र मधेश प्रदेशबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

पुरुषतर्फको तेस्रो खेलमा ढोरपाटन स्पोर्टस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा नेपाल एपीएफ क्लब र शैलुङ्ग भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।

Bajaj Pulsar Motorcycle Ad
पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने