शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. एपीएफको विजयी सुरुआत

एपीएफको विजयी सुरुआत

२०२३ जनवरी १०, मङ्गलबारखेलपाटी संवाददाता

एपीएफको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।

एपीएफले गण्डकीलाई २५-१५, २५-१० र २५-११ ले हराएको हो ।

जितसँगै समूह 'बी' को एपीएफले ३ अंक जोडेको छ । गण्डकीले भने पहिलो खेलमा हार व्यहोरेको छ  ।

महिलातर्फको दोस्रो खेलमा एभरेष्ट भलिबल क्लब र न्यु डायमण्ड एकेडेमीको बीचमा हुनेछ । खेल बिहान १० बजेबाट सुरु हुनेछ ।

पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्टस क्लबबीच खेल हुनेछ । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

पुरुषतर्फको दोस्रो खेलमा न्युटन भलिबल एकेडेमी र गण्डकी प्रदेशबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

पुरुषतर्फको तेस्रो खेलमा दावाली मिलन क्लब  र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा मधेस प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । 

च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।

volleball
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए