सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुलिसको सुखद सुरुआत

आइतबार, २४ पौष २०७९खेलपाटी संवाददाता
पुलिसको सुखद सुरुआत
Classic Tech Internet Ad

काठमाडौं । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार बिहान भएको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले सुखद सुरुआत गरेको हो ।

पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो तथा तेस्रो सेट क्रमशः२५-६ तथा २५-८ ले जितेको हो ।

पहिलो खेलमा जित निकालेसँगै पुलिसले ३ अंक जोडेको छ । नयाँबजारले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतियोगिता अन्तर्गत नै आइतबार महिला तर्फ एक तथा पुरुष तर्फ दुई खेल हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब रहदा समूह 'बी' मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र शैलुंग बागढुंगा स्पोर्ट्स क्लब परेका छन् ।

यस्तै समूह 'सी' मा नेपाल पुलिस क्लब, न्युटन भलिबल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र गण्डकी प्रदेश रहदा समूह 'डी' मा टिप टप हेल्प नेपाल, बुढानिलकण्ठ स्पोर्ट्स क्लब, केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेश रहेका छन् ।

महिलातर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा  न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् ।

समूह 'बी' मा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कृष्ण माध्यमिक एकेडेमी र त्रिभुवन आर्मी क्लब छन् ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् । 

Bajaj Pulsar Motorcycle Ad
उद्घाटन खेलमा महिला तर्फको खेल भएको थियो । खेलमा समूह 'ए' मा रहेको नेपाल पुलिसको महिला टोलीले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरि सुखद सुरुआत गरेको हो ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने