काठमाडौं । बुढानिलकण्ठ भलिबल क्लबले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपका लागि टिम घोषणा गरेको छ ।
बुढानिलकण्ठले बिहीबार प्रतियोगिताका लागि टिम घोषणा गरिएको जनाएको छ ।
बुढानिलकण्ठको टिममा सन्जय बस्नेत, रोशन बिक, सुजन मगर,शंकर मोक्तान,आशिष खत्री,सन्तोष श्रेष्ठ, देवेन्द्र बोगटी,राजदिप तामाङ,तेज बहादुर खड्का,लोक बहादुर मंगर, भक्त तामाङ र सुवास मगर रहेका छन् ।
बुढानिलकण्ठको मुख्य प्रशिक्षकमा एलन मगर, टिम म्यानेजरमा मणिधन राई र अफिसियललाई प्रकाश शर्मा रहेका छन् ।
च्याम्पियनसिप पुस २४ गतेबाट माघ १ गतेसम्म आयोजना हुने छ ।
च्याम्पियनसिपमा पुरूषतर्फ १४ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिप लिगकम नकआउटका आधारमा आयोजना हुनेछ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।