पोखरा । तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता आगामी माघमा आयोजना हुने भएको छ ।
टाइगर गु्रप अफ पोखराको आयोजनामा माघ ८ देखि १४ गते सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ पाँच÷पाँच टिमले प्रतिष्पर्धा गर्ने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
प्रतियोगितामा महिलातर्फ केरला स्टेट, इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब र होङ्गवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने छन्।
त्यस्तै पुरुषतर्फ एसटी वाज स्पोर्ट्स क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेश टिमले प्रतिस्पर्धा गर्ने छन् ।
विजेता दुबै टिमले नगर ५÷५ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टिमले १ लाख २५ हजार प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।
प्रतियोगितामा महिला÷पुरुष उत्कृष्ट एक÷एक खेलाडीलाई नगद २५÷२५ हजार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।