काठमाडौं । नेपालको महिला बिच भलिबल टोली बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको कक्स बजारमा बिहीबार भएको सेमिफाइनलमा उज्वेकिस्तानलाई २-० को सेटमा हराएर नेपाल फाइनलमा पुगेको हो ।
कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपालले उज्वेकिस्तानका सतिभोलदिभा र जमोलोभाको जोडीलाई २१-१२ र २१-१४ को सेटमा हराएको हो ।
अब नेपालले उपाधिका लागि श्रीलंकासँग खेल्नेछ । फाइनल बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ ।
पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।