काठमाडौं । बंगलादेशमा आयोजना भएको बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली यू-२३ टोली आज मंगलबार स्वदेश फर्कदै छन् ।
ढाकामा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहान ११:३० बजे स्वदेश आईपुग्ने छन् ।
चार टोली सहभागी प्रतियोगितामा नेपाल चौंथो स्थानमा रहेको थियो । नेपालले प्रतियोगितामा कुनैपनि खेल जित सकेन ।
सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३-२ को सेटमा पराजित भएको थियो ।
प्रतियोगिताको उपाधि घरेलु टोली बंगलादेशले जितेको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको थियो ।