शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

झिल्टुङमा पहिलो पटक भलिबलको प्रर्दशनी खेल 

आइतबार, पुष १०, २०७९खेलपाटी संवाददाता
झिल्टुङमा पहिलो पटक भलिबलको प्रर्दशनी खेल 
Classic Tech Internet Ad

काठमाडौं । भलिबल खेलको प्रवर्द्धन गर्ने उद्धेश्यले नुवाकोटको झिल्टुङमा पहिलो पटक भलिबलको प्रर्दशनी खेलको आयोजना गरिएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजनामा कोल्पुटारस्थित झिल्टिुङमा भलिबलको प्रर्दशनी खेलको गरिएको हो । 

वडाको आयोजना र पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला भलिबल खेलाडी फाउन्डेसनको व्यवस्थापनमा झिल्टुङमा महिला भलिबलको प्रर्दशनी खेल सम्भव बन्यो । स्थानीय अगुवा तथा एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी मोहन नेपालको सक्रियतामा स्थानीय स्तरमा भलिबलको प्रबर्दन गर्ने उद्धेश्यले महिला खेलाडीलाई मैदानमा उतारिएको थियो । 

सशस्त्र प्रहरी बल एपीएफको महिला टिम दुई समूहमा विभाजन भएर खेलको प्रर्दशन गरेका थिए । अन्तराष्ट्रिय खेलाडी सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना सहितका महिला खेलाडीको खेल हेर्न पाउँदा स्थानीय समेत दंग थिए । 

राजधानी नजिक भएर पनि स्थानीय बासिन्दाले भलिबल खेल हेर्न र खेल्न सिक्ने इच्छा गरेपछि स्थानीय वडा र अगुवा मोहन नेपालले भलिबलका पूर्व मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठसँग समन्वय गरेर कार्यक्रमको खाका तयार गरेका थिए । पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला भलिबल खेलाडी फाउन्डेसनले एपीएफको महिला टिमलाई प्रर्दशनी खेलमा प्रस्तुत गर्ने व्यवस्थापनको जिम्मेवारी लिएको थियो । 

राखेप पूर्व बोर्ड सदस्य इन्दिरा निरौला सहित फाउन्डेसनकी अध्यक्ष अन्जु श्रेष्ठ, उपाध्यक्ष रेश्मा घिमिरे, महासचिव सिजन सेन, कोषाध्यक्ष निलम बज्राचार्य सहितको टिमले महिला टिमको व्यवस्थापनको जिम्मेवारी सम्हालेको थियो । स्थानीयको इच्छा अनुसार झिल्टुङमा पहिलो पटक भलिबल खेलको प्रर्दशनी गरिएको हो । 

 

आईतबारको कार्यक्रमले यस क्षेत्रमा भलिबल खेलप्रति स्थानीयको चासो बढ्नुका साथै खेलको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पूर्व राष्ट्रिय प्रशिक्षक कपिल किशोर श्रेष्ठले ब्यक्त गरेका छन् । 

नुवाकोट जिल्लाको झिल्टुङ खेलकुदको कार्यक्रममा निकै सक्रिय क्षेत्र मानिन्छ । 

झिल्टिुङमा राष्ट्रिय स्तरको ठुलो एथलेटिक्सको प्रतियोगिता झिल्टुङ दौड हरेक वर्ष आयोजना हुने गरेको छ । वडाले आयोजना गर्ने झिल्टिुङ दौडलाई स्थानीय सरकारको अग्रसरता नेपालमा हुने उदाहरणीय खेल कार्यक्रमको रुपमा लिने गरिन्छ ।

Bajaj Pulsar Motorcycle Ad
#झिल्टुङ #भलिबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो जित

नेपालको पहिलो जित

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए