काठमाडौं । नेपाल बंगलादेशमा जारी बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ ।
ढाकामा आइतबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको हो ।
फाइनल पुग्ने क्रममा नेपाललाई बंगलादेशले २५-१५,२५-२२ र २५-१३ ले हराएको हो ।
अब बंगलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तान पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएर फाइनल पुगिसकेको छ ।
नेपालले अब तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
बंगलादेश लिग चरणमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको हो । नेपाल पुछारमा रहेको थियो ।
चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
बंगलादेशले लिग चरणको तीन खेलमै जित निकाल्दै शीर्ष स्थानमा रहेर अन्तिम चारको यात्रा तय गरेको हो ।
नेपालले भने तीन खेलमै हार व्यहोरेको थियो । तर, पुछारमा रहेर नेपालले सेमिफाइनलमा शीर्ष स्थानको बंगलादेशसँग खेलेको हो ।