काठमाडौं । बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।
ढाकामा शुक्रबार श्रीलंकासँग पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
नेपाललाई श्रीलंकाले ३-० को सोझो सेटमा हराएको हो ।
नेपालमाथि श्रीलंकाले २६-२४,२५-१८ र २५-१७ को सेटमा जित निकालेको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार किर्गिस्तानसँग खेल्नेछ ।