बंगलादेशसँग नेपाल पराजित
बिहिबार, पुष ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा बिहीबार भएको उद्घाटन खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको हो ।
नेपालमाथि बंगलादेशले २६-२४,२५-२२ र २५-२१ को सेटमा जित निकालेको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
अब नेपालले दोस्रो खेलमा भोलि शुक्रबार श्रीलंकासँग खेल्नेछ ।
यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार किर्गिस्तानसँग खेल्नेछ ।
बंगलादेशसँग नेपाल पराजित













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)