इन्टर हस्पिटल फुटसल शुक्रबार हुने

काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ भोलि (शुक्रबार) हुने भएको छ ।
‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता बालुवाटारस्थित एक्सल फुटसल मैदानमा दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा उपत्यकाका १९ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताको विजेताले उपाधि सहित ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपाधि सहित विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विनायक, सिभिल, अन्नपूर्ण न्यूरो, नर्भिक, नर्भिक आईभिएफ, टेकु, वयोधा, स्टार, नेपाल क्यान्सर अस्पताल, मध्यपुर ठिमी, ओम समाज डेन्टल, शंखरापुर, ह्याम्स, ग्रिनसिटी, बिपी स्मृति, मनमोहन कार्डियो, मनमोहन मेमोरियल तथा नेपाल प्रहरी अस्पतालले सहभागीता जनाएका छन् ।