काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बुधबार बंगालदेशसँग खेल्दैछ ।
ढाकामा हुने नेपाल र बंगालदेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।
नेपाल घरेलु टोलीविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टराईले नेपाली टोलीले जितका लागि खेल्ने बताए । खेलाडीमा तयारी र अनुभवको कमि भएपनि टिमले आफुसग भएको क्षमतालाई प्रयोग गरेर खेल्ने बताए ।
‘पहिलो पटक काभा यू–२३ पुरुष भलिबल टिम तयार पारेका हौं । खेलाडीमा अनुभवको कमि छ । हामीले तयारी पनि एक महिनाको गरेका छौ । आफुसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने ।
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार बंगलादेशको राजधानी ढाका आएको थियो । च्याम्पियनसिप आज देखि ११ सम्म आयोजना हुनेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छन् ।
नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाली टोली -
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ