काठमाडौं । पहिलो संस्करणको बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली यू-२३ पुरुष भलिबल टिम बंगलादेश पुगेका छन् ।
नेपाली टोली मंगलबार बंगलादेशको ढाका पुगेका हुन् । नेपाली टोलीलाई नेपाल भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो ।
ढाकामा हुने च्याम्पियनसिप पुष ७ देखि ११ सम्म आयोजना हुँदैछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छन् ।
नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुष ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
यू-२३ नेपाली टिम -
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता , मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी , सम्राट भण्डारी, गौरब पाण्डे (लिबरो), भिम राज गुरुङ(लिबरो)