काठमाडौं । पहिलो संस्करणको बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू-२३ पुरुष भलिबल टिम बंगलादेश प्रस्थान गरेका छन् ।
नेपाली टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको हो । नेपाली टोलीलाई नेपाल भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो ।
यू-२३ एसियन जोन च्याम्पियनसिप ढाकामा डिसेम्बर २० देखि २६ सम्म आयोजना हुनेछ ।
च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेशसहित किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
नेपालले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यू-२३ नेपाली टिम -
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता , मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी , सम्राट भण्डारी, गौरब पाण्डे (लिबरो), भिम राज गुरुङ(लिबरो)