काठमाडौं । दोस्रो संस्करणको बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ । आयोजक बाह्रखरी मिडिया प्रालिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर २९ गते शनिबार हुने जानकारी गराएको हो ।
ग्लेनेइगल्सद्वारा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा हुने एक दिने प्रतियोगितामा एक सय भन्दा बढी कर्पोरेट गल्फरले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा १०० जना गल्फरहरुलाई समेट्ने तयारी भईरहेको गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर दिपक आचार्यले जानकारी गराए ।
प्रतियोगिता १८ होलमा ३/४ हेन्डीक्याम्प स्टेबलफोर्ड फर्मयाटमा हुनेछ । प्रतियोगितामा होल इन वन गर्नेले गाडी पुरस्कार प्राप्त गर्ने छन् ।
विजेताले २४ क्यारेटको सुनको 'गल्फ बल' प्राप्त गर्ने छन् । गत बर्ष क्याप्टेन नोर्बु शेर्पाले बाह्रखरी कर्पोरेट गल्फको उपाधि जितेका थिए ।
यस्तै बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुने बाह्रखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी गराए ।
कार्यक्रममा बोल्दै नेपाल प्रेाफेसनल गल्फ एशाेशियसनका अध्यक्ष रविन्द्र मान श्रेष्ठले गल्फलाई पर्यटनसंग जोडेर अघि बढ्नुपर्ने अवस्था आएको बताए ।
यस्तै नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्यले एक मिडियाले आयोजना गरेको प्रतियोगिताहरु अर्को मिडियाले समेत समचारमा प्राथमिकता दिनु पर्ने बताए ।