काठमाडौं । नेपाल भलिबल संघले यू-२३ पुरुष भलिबल टिम र बिच भलिबल टिमलाई बिदाइ गरेको छ ।
संघले बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप र सीएभीए बिच भलिबल खेल्ने नेपाली टोलीलाई आइतबार बिदाइ गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।
यू-२३ एसियन जोन च्याम्पियनसिप ढाकामा डिसेम्बर २० देखि २६ सम्म आयोजना हुनेछ ।
च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश सहित किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
नेपालले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै कक्स बजारमा आयोजना हुने बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म आयोजना हुनेछ ।
यू-२३ नेपाली टिम -
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता , मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी , सम्राट भण्डारी, गौरब पाण्डे (लिबरो), भिम राज गुरुङ(लिबरो)
बिच भलिबल टिम -
महिला - कमला पुन, कोपिला उप्रेती
पुरुष - मान बहादुर श्रेष्ठ दिल बहादुर सुनार