काठमाडौं । पाँचौं सोल्टी-११ नकआउट ओपन फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
सोल्टी-११ को आयोजनामा हुने प्रतियोगिता पुस ९ गते आयोजना हुनेछ ।
प्रतियोगिता गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले ८० हजार तथा उपविजेताले ३५ हजार पाउने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद १५ सय र ट्रफी मेडल पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन ६ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।