काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने १६ औं फिना विश्व च्याम्पियनसिपमा नेपालका ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मेलबर्नमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका २ महिला र २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालका अनुसिया तण्डुकार, इर्भिया श्रेष्ठ, रोशन न्यौपाने र विशाल कुमालले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता डिसेम्बर १३ देखि २८ सम्म हुनेछ ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा शंकर कार्की र टिम म्यानेजरमा जगतमान श्रेष्ठ रहेका छन् ।
नेपाली टोलीलाई शुक्रबार नेपाल पौडी संघले बिदाइ गरेको छ ।