काठमाडौं । टिम कञ्चनजङ्घाले दोस्रो संस्करणको के-एनईपी फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको प्रतियोगिताको फाइनलमा टिम लालीगुराँसलाई २-१ गोल अन्तरले हराउँदै कञ्चनजङ्घाले उपाधि जितेको हो ।
कञ्चनजङ्घाको जितमा सरोज बिष्ट र विवेक शाही ठकुरीले एक एक गोल गरे ।
लालीगुराँसका अधिप कार्कीले एक गोल फर्काए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी कञ्चनजङ्घाका सरोज विष्ट, उत्कृष्ट गोलकिपर कञ्चनजङ्घाका अलिश मगर, सर्वाधिक गोलकर्ता कञ्चनजङ्घाका रोबिन मानन्धर र फेयर प्लेयरको अवार्ड लालीगुराँसका अधिप कार्कीले हात पारे ।
के-एनईपी गेमिङ अर्गनाइजेसनको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधि ट्रफीसहित १० हजार र उपविजेताले ५ हजार प्राप्त गरे ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, फेयर प्लेयर र सर्वाधिक गोलकर्ताले ट्रफी र मेडल प्राप्त गरे ।