काठमाडौं । नेपालका पारा एथलेटिक्स खेलाडी लिम्पिक बिक्रम बहादुर रानालाई नामको पछाडी पी.एल.वाई. लेख्ने अनुमति प्राप्त भएको छ ।
अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीले अन्तर्राष्ट्रिय पारालिम्पिकमा सहभागिता जनाईसकेका खेलाडीहरूलाई यस्तो अनुमति प्रदान गर्ने गर्छ ।
रण भैरव गण हनुमानढोकामा कार्यरत उपसेनानी रानालाई मंसिर १२ गतेबाट अनुमति प्राप्त भएको हो ।
रानाले अन्तर्राष्ट्रिय स्तरमा सन् २०१२ मा लण्डन पारालिम्पिक र २०१६ मा रियो पारालिम्पिक ब्राजिलमा सहभागीता जनाएका थिए । उनले अन्तर्राष्ट्रिय स्तरको पारालिम्पिकमा दक्षिण एशियन कीर्तिमान समेत कायम गरेका छन् ।
वि.सं. २०६० भदौ २६ गते तत्कालीन विद्रोहीको एम्बुसमा परी दुबै आ“खा गुमाएका उनी पूर्ण दृष्टिविहीन छन् ।