काठमाडौं । द ब्रिटिस कलेजको मुख्य प्रायोजन रहेको पाँचौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि बि.के. सुनचाँदी पसलले हात पारेको छ ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बि.के सुनचाँदीले मेडस मार्ट फार्मेसीलाई १-० गोलले पराजित गर्यो ।
उपाधिसँगै बि.के सुन चाँदीले ३० हजार, उपविजेता मेडसले १५ हजार नगद प्राप्त गरेको छ ।
यस्तै यू-१४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी उपाधि हात पार्यो ।
महिला खुल्ला, दशवर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेलपनि भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर मेडस मार्ट फार्मेसीका बिक्सन ताम्रकार, उत्कृष्ट खेलाडी बि.के सुनचाँदीका कुशल राजकर्णिकार, सर्वाधिक गोलकर्ता बि.के सुनचाँदीका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरुपमा प्राप्त गरे ।
त्यस्तै प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्रकार घोषित भएकाथिए । त्यस्तै यू-१४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका रेक्सन राजकर्णिकार भएका थिए ।
विजेता तथा उपविजेता टिमलाई ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, समाजका अध्यक्ष बिनोद ताम्रकार, द ब्रिटिस कलेजका प्रशासनिक प्रमुख अमरदीप मण्डल, उपसमितिका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे ।