यू-२३ राष्ट्रिय भलिबल टिमका लागि २० खेलाडी छनोट
शनिबार, कार्तिक २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल भलिबल संघले यू-२३ राष्ट्रिय पुरुष भलिबल टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।
संघले शनिबार एक विज्ञप्ति निकाल्दै बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरिएको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २३ गतेसम्म भएको खुल्ला छनोटबाट २० खेलाडी छनोट गरिएको संघले जनाएको छ ।
संघले आइतबारबाट टिमको बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।
ढाकामा आगामी डिसेम्बर २० देखि २७ गतेसम्म आयोजना सीएभए यू-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि संघले खेलाडी छनोट गरेको हो ।

यू-२३ राष्ट्रिय भलिबल टिमका लागि २० खेलाडी छनोट













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)