नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित डुवानालाई स्वर्ण
२०२२ अक्टोबर १६, आइतबारखेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्।
पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा आइतबार भएको ५० मिटर ब्रेस्ट स्ट्रोकमा लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
लामाले निर्धारित दुरी ३५.२३ सेकेन्डमा पूरा गरिन् ।
उनले आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन् । यस अघि उनको नाममा ३५.४६ सेकेन्डको कीर्तिमान थियो ।
एपीएफकी रोयल प्रजापतिले ३५.८० सेकेन्डको समय निकाल्दै रजत हात पारिन् ।
आर्मीकी उपास्ति महर्जनले ३६.५२ सेकेन्डको समय निकाल्दै कास्य जितिन् ।
नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित डुवानालाई स्वर्ण