नवौं राष्ट्रिय : पौडीमा गौरिकालाई स्वर्ण
२०२२ अक्टोबर १६, आइतबारखेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको महिला १०० मिटर ब्याक स्ट्रोकमा आर्मीकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन् ।
फिस्टेल एकेडेमीमा आइतबार गौरिकाले एस्ली सापकोटा डंगोललाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
गौरिकाले निर्धारित दुरी १ मिनेट ०५.५० सेकेन्डमा पूरा गरिन् ।
नवौंमा गौरिकाको यो पहिलो स्वर्ण पदक हो ।
रजत विजेता एनआरएनएकी एस्लीले १ मिनेट ०८.७९ सेकेन्डको समय निकालिन ।
कास्य जितेकी आर्मीकी अनुसिया तण्डुकारले १ निनेट १३.८० सेकेन्डमा पूरा गरिन् ।
नवौं राष्ट्रिय : पौडीमा गौरिकालाई स्वर्ण