पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जितेकी छन्।
पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण जितेकी हुन् ।
डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन्।
५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालिन ।
आर्मीकी डुवाना लामाले ३२.१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२.५२ मिनेटसहित कास्य जितिन् ।
त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट २.८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन् ।
त्यस्तै आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १.८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६.२ को समय निकाल्दै कास्य जितिन्।
डंगोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६.४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् ।
रजत जितेकी बागमतीकी आर्जु थापा मगरले ३ मिनेट १७.९९ सेकेन्डको समय निकालिन् ।
कास्य जितेकी प्रदेश एककी उपासना राईले ४ मिनेट २८.८६ सेकेन्डको समय निकालिन ।