नवौं राष्ट्रिय : पौडीमा एपीएफका तेन्जिङलाई स्वर्ण
२०२२ अक्टोबर १५, शनिबारखेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको ५० मिटर बटरफ्लाईमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले स्वर्ण पदक जितेका छन् ।
पोखरास्थित फिस्टेल एकेडेमीमा शनिबार भएको खेलमा तेन्जिङले २७.५६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
एपीएफकै अजल काजी ताम्राकारले २७.६७ सेकेन्डको समय निकाल्दै रजत जिते ।
आर्मीका अनुभव सुब्बाले २७.६९ सेकेन्डको समय निकाल्दै कास्य पदक जिते ।
नवौं राष्ट्रिय : एपीएफका तेन्जिङलाई स्वर्ण