काठमाडौं । त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको १५ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पोखराको फिस्टेल एकेडेमीमा शनिबार १६ मिनेट ५०.२१ सेकेन्डको समय निकाल्दै नासिरले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।
नासिरले १३ औं सागमा रहेको आफ्नै नामको कीर्तिमान तोडेका हुन् । सागमा उनले १७ मिनेट ४९.९५ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए ।
सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।